बेथानचोक गाउँपालिका - १, च्याम्राङबेसी, काभ्रेपलाञ्चोक, बागमती प्रदेश, नेपाल
दर्ता नं.: २४५/०६५/०६६ | फोन: ०१-५९०१२३४, ९८५१२३४५६७ | इमेल: [email protected]
सूचना
सूचना नं.: च.प्र.भा.ऋ.स.स. ०८१/०८२-०४मिति: १५ भाद्र २०८३
विषय: संस्थाको १७ औँ वार्षिक साधारण सभा (AGM) सम्बन्धी अत्यन्त जरुरी सूचना
श्रीमान् शेयर सदस्य महानुभावहरूमा,
यस चक्रेश्वर प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि., बेथानचोक गाउँपालिका - १, च्याम्राङबेसी, काभ्रेपलाञ्चोक ले सहकारी ऐन, २०७४ तथा विधानको दफा १६ बमोजिम आगामी तपसिलको मिति, समय र स्थानमा १७ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएकोले सम्पूर्ण आदरणीय शेयर सदस्य महानुभावहरूलाई उपस्थित हुनुहुने सादर अनुरोध गर्दछौँ।
साधारण सभामा छलफल तथा पारित हुने प्रस्तावहरू:
१. आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने।
२. लेखापरीक्षक द्वारा प्रमाणित आर्थिक विवरण तथा लाभ-नोक्सानी हिसाब पारित गर्ने।
३. आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्ययोजना पारित गर्ने।
४. सञ्चालक समिति तथा लेखापरीक्षण समितिका लागि निर्वाचन सम्पन्न गर्ने।
५. अन्य प्रस्तावहरूमा छलफल गरी निर्णय गर्ने।
मिति: २२ भदौ २०८२, आइतबार
समय: बिहान ११:०० बजे
स्थान: संस्थाको केन्द्रीय कार्यालय परिसर, च्याम्राङबेसी
उपस्थितिका लागि भौतिक रुपमा सामेल हुन नसक्ने सदस्यहरूले तोकिएको प्रतिनिधि नियुक्त गर्न सक्नुहुनेछ। साधारण सभाको सफलताका लागि सम्पूर्ण सदस्यहरूको उपस्थिति अत्यन्त जरुरी भएकोले समयमै उपस्थित हुनुहुन हुम अनुरोध गर्दछौँ।
धन्यवाद!