सहकारी समुदायमा आधारित र सदस्य केन्द्रित स्वायत्त व्यवसाय हो जसलाई नेपालको संविधानले आर्थिक विकासको तीन खम्बामध्ये एक मानेको छ। चक्रेश्वर प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन, २०७४ को दफा ६ तथा बागमती प्रदेश सहकारी ऐन, २०७६ बमोजिम डिभिजन सहकारी कार्यालयमा विधिवत दर्ता भई (दर्ता नं. २४५/०६५/०६६) काभ्रेपलाञ्चोक, बागमती प्रदेश तथा काठमाडौँ उपत्यका क्षेत्रका सदस्यहरूलाई सुरक्षित, मर्यादित र आधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
संस्थाले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय सहकारी मूल्य-मान्यताहरूलाई आत्मसात् गर्दै सदस्यहरूको बचत सुरक्षा, सुलभ कर्जा प्रवाह, वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। संस्थाको सेवा क्षेत्र विस्तार भई हजारौँ सदस्य परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्।
सहकारी विभाग तथा बागमती प्रदेश सहकारी ऐन अनुसार नियमित मासिक वित्तीय सूचकांक
सदस्यहरूको आवश्यकता अनुसार सुरक्षित बचत, सुलभ कर्जा र सामाजिक सुरक्षा योजनाहरू
संस्थाका आधिकारिक फारमहरू, वार्षिक प्रतिवेदन र नीतिगत दस्तावेजहरू डाउनलोड गर्नुहोस्